बृहत् नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्ज

बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ।

उनीहरूले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ।

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।

कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो।

संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *