नेप्से १६ अंकले बढ्दा २४४१ अंकको नयाँ उचाइमा

सोमबार नेप्से परिसूचक उत्तरचढाबका बीच पनि उकालो लाग्ने क्रम रोकिएन । आज भएको कारोबारमा नेप्से १६.०४ अंकले बढ्दै २४४०.८८ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये ५ ओटा कम्मपनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । यसैगरी, आज भएको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, नबिल बैंकको ३३ करोड रुपैयाँ, एनसीसी बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ताको किनबेचमा आठ अर्व ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ व्यापार निर्जीवन बिमा अन्य र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक रातो देखिएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३९ प्रतिशत र अन्य समुहको उपसूचक १.६४ प्रतिशतले वृद्धि भएको छ । यता लघुवित्तको उपसूचक सर्वाधिक १.२१ प्रतिशत, होटेलको उपसूचक १.१८ प्रतिशत र विकास बैंकको उपसूचक ०.८१ प्रतिशतले ओरालो लागेको छ ।

आज नेप्सेमा कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीको ६० करोड ३७ लाख ४१ हजारको कारोबार भएको छ । यस्तै नबिल बैंकको ३३ करोड १७ लाखर एनसीसी बैंकको ३१ करोड ३५ लाख ६२ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा नागरिक लगानी कोषसहित ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा गुराँस लघुवित्त, प्रभु लाइफ, माउन्टेन इनर्जी, नेसनल हाइट्रोपावर र हिमालयन पावर छन् ।

यता श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको करिब ७ प्रतिशतले सेयर मूल्य घट्दा, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ५ प्रतिशतमाथिले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *