सुनको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *