यो दाजुको मिर्मिरे आँखा…, गायकको निधन

पोखरा । कलाकार धनबहादुर गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए ।

सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई निसशुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *