मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिए

विराटनगर ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन्। ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो।

मुख्यमन्त्री राईले काठमाडौंको एक पार्टी प्यालेसमा सानो जमघटमा विवाह गरेका हुन्। विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए।

परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ। बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *