अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

0
1

अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

अमेरिकामा लगभग यति नै मानिस दोस्रो विश्वयुद्धको क्रममा मारिएका थिए जुन तीन वर्ष ९ महिनासम्म चलेको थियो ।

जो बाइडेन प्रशासनमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनका हुन लागेका प्रमुख रोशेल वेलेनस्कीले फेब्रुअरीको मध्यसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाखसम्म पुग्न सक्ने अनुमान लगाएका छन् ।

संसारभरी कोरोनाका कारण हालसम्म २० लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ ।

कोरोनाका कारण मृत्युको मामिला अमेरिकापछि ब्राजिल, भारत, मेक्सिकोलगायतका देशमा सर्वाधिक छ । जहाँ ब्राजिलमा हालसम्म कोरोनाका कारण २,११,४९१ मानिसको मृत्यु भएको छ भने भारतमा १,५२,५५६ मृत्यु, मेक्सिकोमा १,४२,८३२ र यूकेमा ९१,६४३ मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here