(आईपीओ) आवेदन गर्नेको संख्यामा नयाँ रेकर्ड कायम

0
1

सर्वसाधारणलाई निष्काशन गरिने प्राथमिक शेयर (आईपीओ) आवेदन गर्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार साँझसम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक को आईपीओमा १५ लाख बढी आवेदन गरेका हुन् ।

यस यस अघि चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढीको आवेदन परेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ ।

सबै आवेदनहरूको तथ्यांक तयार नभएकोले यो संख्या बढ्न सक्नेछ ।

मंगलबार सिडिएससीले बैंकको आईपीओमा आवेदन गर्ने समय १ घन्टा थप गरेर ६ बजेसम्म पुर्याएको मेरो शेयरमा प्राविधिक समस्या देखिएपछि सिडिएससीले समय थपेको हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।


आईपीओमा आवेदन गर्नेको नयाँ रेकर्ड, इन्फ्रास्ट्रक्चर बैंकमा १५ लाख बढीको आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here