निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल समयमा निर्माण सम्पन्न हुने:मन्त्री भानुभक्त ढकाल

0
24

२९ पुस, कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताउनु भएकोछ ।

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा बिहीबार पोखरा आइपुग्नु भएका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले आफू खुशी भएको पनि बताउनुभयो । भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकनपछि पोखरा आइपुग्नु भएका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताउनुभयो ।

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताउनुभयो ।

सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उहाँले बताउनुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here