पेस्तोलसहित एकजना पक्राउ

१ माघ, काठमाडौं । महोत्तरीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका(१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् ।

प्रहरीले उनलाई मटिहानी नगरपालिका(८ चिउरामिलबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *