अनुष्का र विराट कोहली एक छोरीका माता–पिता, फोटो इन्स्टाग्राममा सार्वजनिक

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली एक छोरीका माता–पिता बनेका छन् ।

अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएपछि उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन् ।

उनले इन्स्टाग्राममा ब्लाङ्केटबाट निस्किएका साना–साना खुट्टाहरुको फोटो राख्दै लेखेका छन्, ‘‘अत्यन्त हर्षित, घरमा परीको प्रवेश ।”

विकासको यो पोस्टले कम समयमा नै धेरै इन्स्टाग्राम प्रयोगकर्ताको माया पाइरहेको छ । कमेन्टमा विराट र अनुष्काका प्रशंसकहरुले धेरै माया दिइरहेका छन् । जसमा एकजनाले लेखेका छन्, “बधाइ छ । धेरै आर्शीवाद र माया परिवारका लागि । जीवनको नयाँ अध्यायका लागि राजा, रानी र महारानीलाई शुभकामना ।”

त्यस्तै, अर्को प्रशंसकले लेखेका छन्, “एकदमै खुसी छु । छोरीको फोटो हेर्न निकै उत्साहित पनि ।

अनुष्काको डेलिभरीपछि नै विराटले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै खुसीको खबर प्रशंसकसामु सेयर गरेका हुन् । जसमा उनले उनीहरुको प्राइभेसीलाई सम्मान गरिदिने छन् भन्ने अपेक्षा पनि राखेको उल्लेख गरेका हुन् । हिन्दुस्तान टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *