पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि पुगेका सहभागीहरूमाथी प्रहरीद्धारा धरपकड

पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँने क्रममा मूल समारोह समितिको आह्वानमा काठमाडौंमा ¥याली निकालिएको छ।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि पुगेका सहभागीहरूलाई प्रहरीले धरपकड गरेको छ।

¥यालीमा सहभागीले प्रहरीविरूद्ध नाराबाजी गरेका थिए।

सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका थिए। उक्त अभियानमा बलिउड अभिनेत्री मनीषा कोइराला, रमेश खरेललगायतको उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *