नेपालकी धावक पुष्पा भण्डारीले जितिन् साउथ एसियन म्याराथनको उपाधि

0
25

काठमाडौँ – बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि नेपालकी धावक पुष्पा भण्डारीले जितेकी छन्।

आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए। पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्।

पुष्पाले निर्धारित दुरी २ घण्टा ५९.४१ सेकेण्डमा पुरा गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here