परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने

0
33

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।

सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले गौरीफन्टा नाकाको अवस्था सुधार हुने बताए।


’आज कति तारेख हो, १४ तारिखमा हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसको बारे कुरा हुनेछ,’ प्रधानमन्त्री ओलीले भने।

केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन्।

कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here