बालाजुमा कपडा काट्ने कैंचीले घोपेर आफ्नै सहकर्मीको हत्या

0
88

२२ पुस, काठमाडौँ । बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाले आफ्नै सहकर्मीको हत्या गरेका छन् । काठमाडौँ बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको हो । सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई मंगलबार राति उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन् ।

मियाँको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा निधन भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमेश विष्टले बताए ।

मियाँको बुवाको बालाजुस्थित बाइपासमा कपडा पसल रहेको छ । शर्मा मियाँको बुवाको कपडा सिलाई कारखानामा काम गर्थे । पुरानो रिसिबिले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here