नेपाल इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

नेपाल इन्फ्रास्ट्रकचर बैंक ’निफ्रा’ले माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । बैंकले २ गतेदेखि आईपिओ निष्काशन गर्ने गरि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने छ। कुल आईपिओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई ०.०२ प्रतिशत शेयर छुट्याईएको छ। बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको थियो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो ।

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *