धनगढीको ६ लेन सडकखण्डमा हाइस र ट्याक्टर दुर्घटना ,दुवै गाडीका चालक फरार

धनगढीः धनगढीको अत्तरिया–मोहना ६ लेन सडकखण्डमा हाइस र ट्याक्टर ठोक्किदा दुर्घटना भएको छ।

अत्तरियाबाट धनगढी आइरहेको से२त ३१५८ नम्बरको ट्याक्टर र सोही दिशाबाट आइरहेको बा३ख ९१४१ नम्बरको हाइस ठोक्किएका हुन।

ठक्करपछि दुवै गाडीका चालक फरार रहेका छन।

सवारी साधनमा यात्रु सवार नभएकाले मानविय क्षति नभएको स्थानीयले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *