प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र प्रदेश १ उपाधिका लागि भिड्ने

0
28

पुस १८ । लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको फाईनलका लागि एपीएफ र प्रदेश १ भिड्ने भएका छन् ।

सनिबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले सुदुर पश्चिमलाई पराजित गर्दै फाईनलको स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ्ग थालेको सुदुर पश्चिमले पूरा १६ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६० रनको योगफल तयार गर्यो ।

सुदुरका लागि कबिता जोसी बाहेक अन्य ब्याट्सम्यान खासै चलेनन् । जोसीले टिमलाई जित दिलाउन २ चौकाको मद्दतमा सर्बाधिक २२ रणको योगदान गरिन्। त्यस्तै रेउती धामीले २२ बल खेल्दै १ चौकाको मद्दतमा १२ रन बनाइन् भने कबिता जोशीले २५ बलमा ९ रणको योगदान दिइन् । ३ जना ब्याट्सम्यान बाहेक सुदुरका लागि अन्य ब्याट्सम्यान खासै चलेनन् ।

बलिङ तर्फ एपीएफका लागि करुणा भण्डारीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट हात पारिन् । त्यस्तै सरिता राना मगरले ३ ओभरमा १५ रण खर्चिँदै १ विकेट प्राप्त गरिन् ।

६१ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रेको एपिएफले १५ ओभरको समाप्ती सँगै १ विकेटको क्षतिमा लक्ष्य भेटायो । एपीएफलाई जित दिलाउन ज्योती पाण्डेले ३८ बल खेल्दै १ चौकाको मद्दतमा सर्बाधिक २६ रनको योगदान दिइन् । ज्योतीसँगै ओपनर आएकि सीता राणा मगर १७ बल खेल्दै १ चौकाको मद्दतमा ७ रनमै क्याच आउट भएपछि सरिता मगर मैदानमा उत्रिइन् । सरिताले नै एपीएफलाई जीत दिलाउन ज्योतीसँग साझेदारी गरिन् । सरिताले ३५ बल खेल्दै १ चौकाको मद्दतमा १९ रनको योगदान दिइन्।

सुदुरका लागि कबिता कंवरले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर १ विकेट हात पारिन । कबिता बाहेक अन्य कसैले विकेट हात पार्न भने सकेनन् ।

सनिबारको पहिलो सेमिफाईनल खेल हुस्सुका कारण १६ ओभरमा छोट्याईएको थियो ।

सनिबार भएको दोस्रो सेमिफाईनल खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ्ग थालेको लुम्बिनी प्रदेशले १४.१ ओभरमा अलआउट हुँदै जम्मा ५२ रनको योगफल तयार गर्यो । लुम्बिनीका लागि नितु भण्डारी र सर्मिला मगर बाहेक अन्य कुनै ब्याट्सम्यान खासै चलेनन् ।

ओपनर गीता गोसाईं र सरस्वती घर्ती मगरको तालमेल नमिल्दा २ रणमै सरस्वती रन आउट हुन पुगेपछि लुम्बिनिले ठूलो क्षतिको सामना गर्नुपर्यो । ठूलो योगफल तयार गर्ने उद्देश्य सहित ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट रनआउट बाट नै गुमायो ।

ठूलो योगफल खडा गर्ने लक्ष्य भने लुम्बिनीले आश मारेन । ४ विकेट समाप्ती सँगै कडा योगफल तयार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएकी लुम्बिनी प्रदेशकी कप्तान नेरी थापा शून्य रनमै एलबिडब्लु आउट भएपछि लुम्बिनीले ठूलो योगफलको आश भने गुमाउनु पर्यो ।

कप्तान नेरी थापा १ बल डट खेल्दै दोस्रो बलमा आउट भएपछि शून्य रनमै पेभिलिएन फर्किइन् । लुम्बिनिका लागि नितु भण्डारीले ३० बल खेल्दै १ चौकाको मद्दतमा २१ रणको योगदान दिईन । त्यस्तै सर्मिला मगरले १९ बलमा ७ रनको योगदान गरिन भने लक्ष्मी चौधरीले ६ रण बनाइन् । दोहोरो साझेदारी गर्न नसक्दा नै लुम्बिनी प्रदेशले लज्जासपद हार ब्यहोर्नु परेको हो ।

सरस्वती घर्ती, नितु भण्डारी, स्वस्तिका बजगाँई लाई प्रदेश १ कि सँगित राईले रनआउट गराएपछी लुम्बिनिलाई ठूलो झट्का पर्यो ।

बलिङ तर्फ प्रदेश १ का सँगिता राई र निग्मा तामाङले समान २र२ विकेट हात पारे । निग्माले नै लुम्बिनी प्रदेशकि कप्तान नेरी थापालाई आफ्नो ओभरको दोस्रो बलमै एलबिडब्लु आउट गरेकि थिइन्। त्यस्तै प्रदेश १ कि कप्तान रुबिना क्षत्रीले ३ ओभरमा ११ रन खर्चिएर १ विकेट लिन सफल भइन् ।

झिनो ५३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश १ ले शून्य विकेटको क्षतिमा ८.५ बलमै लक्ष्य भेट्टायो । प्रदेश १ लाई जित दिलाउन कप्तान रुबिना क्षत्री र काजल श्रेष्ठलेको साझेधारी कै कारण लुम्बिनीले लज्जासपद हारको सामना गर्नुपर्यो ।

रुबिनाले ३० बलमा २ चौका र १ छक्काको मद्दतले सर्बाधिक २६ रणको योगदान दिइन्। लुम्बिनी प्रदेशकी कप्तान नेरी थापाको बलिङमै रुबिनाले छक्का प्रहार गरेकि थिइन् । त्यस्तै काजलले २३ बल खेल्दै २ चौकाको मद्दतमा २२ रणको योगदान गरिन् । प्रदेश १ को नेतृत्व गरेकि रुबिना क्षत्री महिला राष्ट्रिय क्रिकेट टिमकि कप्तान समेत हुन् ।

आईतबार एपीएफ र प्रदेश १ बिच फाईनल भिडन्त खेल रोमाञ्चक हुने आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here