सन्दीपले पहिलो खेलमा लिए दुई विकेट

0
44

होबार्ट — सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग बासमा मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । त्यसमा डाविड मालानले सर्वाधिक ७६ रन बनाए । जवाफमा मेलबर्नले ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपाली लेग स्पिनर सन्दीपले आफ्नो चार ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए । पराजित जितका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here