नेकपाको प्रचण्ड–माधव समूहको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

0
35

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसद विघटनको विरोध स्वप दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइने लगायत बिरोध प्रदर्शनहरु गरिने भएको छ ।

आन्दोलनका कार्यक्रमहरु यस्ता छन्

– पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

– पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।

– पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।

– २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।

– २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

– ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।

– २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।

– २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।

– २९ पुसमा निर्वाचन क्षेत्रस्तरिय कार्यकर्ता भेला ।

– ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।

– ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

– १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली ।

– १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।

– २२ माघमा वडा तहमा मसाल जुलुस ।

– २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here