बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा आवत-जावत गर्न रोक

0
25

बर्दिया, १८ पुष । बर्दियाको पूर्व–पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा आवत-जावत गर्न निकुञ्ज प्रशासनले रोक लगाएको छ ।

शुक्रबार राति मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले तानेर हत्या गरेपछि शनिबार बर्दिया राष्ट्रिय निकुञ्जले एक सूचना जारी गर्दै रातिको समयमा आवतजावतमा रोक लगाएको हो ।

अब उक्त सडक–खण्डमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म पैदल यात्री तथा मोटरसाइकलमा आवतजावत गर्न पाइने छैन ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘हिंस्रक वन्यजन्तुको आक्रमणबाट भवितव्यमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै मिति २०७७र०९र१८ गतेदेखि लागू हुनेगरी उक्त सडक–खण्डमा हरेक दिन बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको व्यहोरा सम्बिन्धित सबैमा जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here