नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीमा बढुवा गर्न सिफारिस

0
1

काठमाडौँ / गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक(एसएसपीलाई नायब महानिरीक्षक( डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले बढुवाका लागि ९ जना एसएसपीको नाम सिफारिस गरेको हो।

सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन्। डीआईजीमा ९ वटा दरबन्दी रिक्त थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here