बर्षा सिवाकोटी स्किन सिटीको सीईओमा नियुक्त

काठमाडौं। अभिनेत्री बर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सीईओमा नियुक्त भएकी छन्। उनले आफु शुक्रबार नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सीईओमा नियुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन्।

उनले अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको उल्लेख गरेकी छन्। छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गरेको जनाएकी छन्।

उनले लेखेकी छन्, ‘चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु। लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु। आशा छ यो यात्रामा पनि म सफल हुनेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *