प्रदेश नम्बर १ का मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता ,यी हुन् हस्ताक्षर गर्ने सांसद

0
30

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।


प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्-

प्रदेश १ सभामा नेकपाका ६७ सांसदमध्ये ३७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ। उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन्।


९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्यको दावी गरिदैं आएको छ। तर, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भने ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन्।

दलका सम्पूर्ण सदस्यको बहुमत प्राप्त सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपनि संसदमा बहुमत प्राप्त दलका लागि ४७ जना आवश्यक पर्दछ ।

प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन्।

उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।

यी हुन् प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here