राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाए

0
21

काठमाडौँ– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन्।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन्।

यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन। कीर्तिमान बामउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका हुन्।

बालाजुस्थित अष्टनारायण चलचित्र हलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका हुन्।

राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए।

उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामा लगायतले गाएका गीतको ट्रयाकमा गाएका थिए।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलो पटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here