पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार

0
39

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी भएको हो।

टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रीमा नियुक्त रायमाझीले यसको पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिएका छन्। पर्यटनमन्त्री मणि थापा, शिक्षामन्त्री दावा लामा र खानेपानीमन्त्री गौरीशंकर चौधरीलाई बनाउने तय भएको नवनियुक्त मन्त्री रायमाझीले जानकारी दिए। उनीहरु सबै पूर्वमाओवादी समूहका हुन् ।

उनीहरुलाई शपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा साढे ६ बजे बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here