अदालतप्रति आफूहरुको भरोसा रहेको, बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने

0
63

१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको उनले बताए । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् ।

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

यसबारे सोधिएको प्रश्नमा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले कता जाने भन्ने व्यक्तिको विवेक भएको बताए । तर बादलले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए । उनले अघि भने, झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here