गृहमन्त्री रामबहादुर थापा ओली समूहको केन्द्रीय कमिटी बैठकमा

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बालुवाटारमा शुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी भएका छन् ।

उनी यसअघिको कुनै पनि समूहको बैठकमा उपस्थित भएका थिएनन् । गृहमन्त्री थापालाई ओलीतिर नलाग्न प्रचण्ड र माधव नेपाल समूहले आग्रह गर्दै आएका थिए । तर थपा ओली समूहको बैठकमा उपस्थित भए । ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *