बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय

0
1

काठमाडौं ः सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोरोना नियन्त्रण सम्बन्धि बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ ।

पौष १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहनुहुनेले अनिवार्य रुपमा दश दिन होटल क्वारेन्टिनमा बसेर परिक्षण गरेर मात्र घर गन्तब्य जान पनि सरकारले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here