नेपाली कांग्रेसको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका भातृ संगठनको सक्रिय सहभागिता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेसका भातृ संगठन नेवि संध, तरुण दल लगायतको सक्रिय सहभागिता रहेको थियो । त्यस क्रममा तरुण दल काठमाडौले पनि सक्रिय सहभागिता जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट ¥याली निकालिएको थियो । काठमाडौंका विभिन्न ठाउँहरुबाट निकालिएको ¥याली अन्ततः रत्नपार्कस्थित शान्तिबाटिकामा गएर कोणसभाको रुपमा परिणत भएको छ । उक्त कार्यक्रमलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शिर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगि सम्बोधन गरेका छन् ।

पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पार्टीका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *