अभिनेत्री माहिरा खान कोरोना संक्रमित

0
72

मुम्बई । पाकिस्तानी अभिनेत्री माहिरा खान कोरोना संक्रमित भएकी छन् । आफुलाई कोरोना संक्रमण भएको उनी आफैंले सोशल मिडियामार्फत जानकारी गराएकी हुन् । कोरोनाको कारण उनी अहिले आइसोलसनमा बसेकी छन् ।

‘मेरो कोरोना भाइरस टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । म आइसोलेसनमा बसेकी छु’ उनले इस्टाग्राममा लेखेकी छन् ‘मसँग सम्पर्कमा आएका सबै ब्यक्तिहरु पनि कोरोना टेष्ट गराउनुहोला ।’ उनले यो मुस्किल समय भएको र छिट्टै ठिक हुने बताएकी छन् । आफु र अर्काे ब्यक्तिको सुरक्षाको लागि पनि मास्क लगायत स्वास्थ्य नियम पालन गर्न उनले अनुरोध गरेकी छन् ।

माहिरा पाकिस्तानकी फेमस अभिनेत्री हुन् । उनले शाहरुख खानको फिल्म रईसबाट बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् । फिल्मको अलवा उनी कयौं टिभी शोजमा पनि देखिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here