अभिनेत्री स्वस्तिमा खड्काले गरिन् नयाँ चलचित्र ’चिसो मान्छे’ साइन

बुधबार अभिनेत्री स्वस्तिमा खड्काले नयाँ चलचित्र ’चिसो मान्छे’ साइन गरेकी छिन् । स्वस्तिमा र निर्माण पक्षबीच लिखित सम्झौता भएको हो ।

स्वस्तिमाले चलचित्रको विषयवस्तु र आफूले काम गर्नुपर्ने भूमिका मन परेकाले चलचित्रमा काम गर्न तयार रहेको बताइन् ।

बुझिएअनुसार स्वस्तिमाले चलचित्रका लागि निकै महँगो पारिश्रमिक बुझेकी छिन् । तर, स्वस्तिमा र निर्माणपक्ष दुवैले पारिश्रमिकबारे भने खुलाएका छैनन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् । चलचित्रमा अहिलेको समयका मान्छेहरूको व्यवहारलाई प्रस्तुत गर्ने निर्देशक खनालले बताए ।

उनले भने, ‘पहिला मान्छेहरू हरेक कुरामा साझेदारी गर्थे । अहिलेका मान्छेहरू त्यस्ता छैनन् । लोभी भएका छन् । हो, उनीहरूकै कथा हो चिसो मान्छे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *