विवाहको अघिल्लो दिन श्वेता खड्काको सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस

0
39

काठमाडौं । अभिनेत्री श्वेता खड्काले दोस्रो विवाह गर्न लागेकी छिन् ।

यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्न लागेकी हुन् ।

उनको विवाह मंसिर २२ गते सोमवार हुँदैछ । विवाहको अघिल्लो दिन उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दैछिन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै जीवनका विभिन्न आरोह अवरोह पार गर्दै आफू जिन्दगीको दोस्रो मोडमा आइपुगेको बताएकी छिन् । साथै यो समयसम्म आइपुग्दा आफुले भोगेका दुख व्यथाहरुको शब्दहरुमा बयान गर्न आफू असमर्थ रहेको समेत बताइन् । साथै अचनोको व्यथा खुकुरीलाई थाहा नहुनेभन्दै आफूमाथि समयले दिएका पिडाहरुका बारेमा आफ्ना मनमनै लिएको बताएकी छिन् ।

“जीवनका विभिन्न आरोह(अवरोह, उकाली(ओराली , सुख(दुस्ख अनि हाँसो(रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ुअचानोको पिँडा खुकुरीलाई थाहा हुन्नु भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ । “सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।

अभिनेत्री खड्काले सोमवार (भोली) धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्।

भने उनको विवाहा भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here