कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु,१ हजार २४ कोरोना संक्रमित थपिए

0
1

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको हो । 

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार २४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here