चाबहीलमा नमुना केन्द्रीय सहकारी बजार स्थापना

0
47

काठमान्डौ / बिचौलीयाको अन्त्य गर्न, किसान र बजारसगँ प्रत्यक्ष सम्बन्ध कायम गर्नको लागी चाबहीलमा नमुना केन्द्रीय सहकारी बजार आजबाट सञ्चालनमा आएको छ ।
भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले सहकारी विकास कार्यक्रमको सहयोगमा निर्मित केन्द्रीय सहकारी बजारको आज समुद्घाटन गर्नुभएको हो ।

कृषि बिउ सहकारी संघ र तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघको एकीकृत , सरकार र सहकारी हाम्रो साझेदारी भन्ने बिषयमा उद्घोस गरेर यु एन डि पी को साझेदारीमा केन्द्रीय सहकारी बजारको स्थापना भएकोे छ ।

नेपाली किसानले भोगेका समस्यालाई माथी उठाउने , बिचौलीयाको अन्त्य गर्ने , बजार र किसानसगँ प्रत्यक्ष रुपमा सम्बन्ध कायम गर्ने सो सहकारीको लक्ष्य रहेको छ । यस सहकारीले स्थानिय देखी क्षेत्रीय स्तर सम्म ४२ जिल्लामा उत्पादन भएको कृषि उपजको लागी संकलन केन्द्र बनाउने योजना बनाएको छ । किसान तथा कृषि सहकारीले उत्पादन गरेको कृषि उपजले अब सहज बजार पाओस भन्ने मन्त्री अर्यालको जोड रहेको छ ।

अबका दिनमा व्यावसायीक मानसीकताको विकास हुनुपर्ने , कृषि उपजमा गुणस्तरीयता कायम हुनुपर्ने , उत्पादन भएको कृषि उपजको प्याकेजिङ्ग, ग्रेडिङ्ग, तथा भण्डारणका लागी कोल्ड स्टोर तथा नयाँ प्रबिधिको विकास लागी सहकारी तथा सरकार लागी पर्न आवश्यक रहेको मन्त्री अर्यालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here