मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ मङ्सिर २० गते शनिवार

0
34

काठमाडौं । मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ यही मङ्सिर २० गते शनिवार आयोजना हुनेछ ।

‘कोभिड – १९’ का कारण स्थगित प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा यही शनिवार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने भएको हो ।

प्रतियोगितामा काठमाडौंसहित देशका ९ मुख्य शहरहरुमा गरिएको अडिसनबाट छानिएका २१ सहभागीहरुबीच प्रतिस्पर्धा हुुने छ । उनीहरुलाई ३ हप्तासम्म भर्चुअल तालिम दिइनुका साथै १५ दिनको कडा आवाशीय प्रशिक्षणमा राखिएको थियो ।

कहिले निर्णायकको अभिव्यक्ति त कहिले निर्णयमा भएको धाँधलीका कारण विवादमा मुछिरहने मिस नेपाल प्रतियोगितामा यसपटक केही नयाँ अभ्यास पनि गरिएको छ । आयोजकका अनुुसार यसपालि प्रतियोगितामा ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नामक दई उपाधि थपिएका छन् । पर्यटन बोर्डसँगको सहकार्यमा मिस टुरिजम उपाधि थपिएको हो । दुुवै उपाधिले शारीरिक सुन्दरता र आवरणलाई भन्दा पनि बौद्धिकता र प्रतिभालाई महत्व दिएको आयोजकहरुको भनाइ छ ।

सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषित गरिएको भएतापनि ‘कोभिड (१९’ को महामारीले गर्दा त्यसको कार्यान्वयन भने हुन सकेन । यद्यपि, मिस नेपाल प्रतियोगितामा थपिएको मिस टुरिजमको उपाधिले राष्ट्रको पर्यटन प्रवद्र्धनमा टेवा पुुग्ने र नेपालको पर्यटन सम्भावनाका बारेमा विश्वले नै जान्ने अवसर हुुनसक्ने धारणा आयोजकहरुले व्यक्त गरेका छन् ।

त्यसैगरी, वुुमन इन सस्टेन्स नामक अर्को उपाधिले भने महिला सशक्तिकरण र आत्मनिर्भरतालाई उजाँगर गरेको आयोजक बताउँछन् ।

यसपटक मिस नेपाल प्रतियोगिता दर्शकबिना नै हुने भएको छ । आयोजक ‘दि हिडन ट्रेजर’ले दिएको जानकारी अनुसार मिस नेपालको २६ औं संस्करणको दर्शक विना नै हुने भएको हो । ११ जना निर्णयक, २० जना प्रतिस्पर्धीबाहेक सीमित प्राविधिक र सहयोगी मात्र कार्यक्रम स्थलमा रहनेछन् । तर ग्रान्ड फिनाले शनिबार परेको र अधिकांशको छुट्टी हुने भएकोले सबैले टेलिभिजनहरुबाट हुने लाईभ हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here