नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । नेता पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेलले पुलको उद्घाटन गर्ने भनेपछि विवाद सुरु भएको हो ।

नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गरेको छ । दुई पार्टीका कार्यकर्ताबीच झडप हुने अवस्था आएपछि स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *