प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा ल्याएका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिलादेखि नै फेसबुक र ट्विटर एकाउन्ट खोलेका थिए । ओलीले आफ्ना धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेको सचिवालयका एक सदस्यले बताए । 

नयाँ पुस्तामाझ चर्चित टिकटकमा प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ भने टिकटकले एकाउन्ट भेरिफाइ गरिसकेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *