नयाँ विधिबाट परीक्षण सुरु , आधा घण्टामै नतिजा आउने

0
20

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले नयाँ विधिबाट परीक्षण सुरु गरेको छ। धेरै जनाको परीक्षण गर्न सकिने र नतिजा पनि आधा घण्टामै आउने एन्टिजेन विधिबाट जाँच सुरु गरिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो विधिबाट कोरोना परीक्षण गर्दा नाक र घाँटीबाट स्वाब लिएपनि प्रयोगशाला विना फिल्डमै नतिजा हेर्न सकिने महाशाखाका निर्देशक डा.सुदेव पाण्डेले जानकारी दिए ।


यो विधिबाट सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ भन्ने भन्ने थाहा हुन्छ।

सोमबारबाट काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँबाट यो विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको डा.पाण्डेले बताए ।

उपत्यकामा अब हरेक दिन ५ सय जनाको यो विधिबाट परिक्षण गरिने र प्रभावकारी देखिए देशभर सञ्चलान गरिने तयारी छ । यो निःशुल्क परीक्षण अभियान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here