माउन्टेन इनर्जीको आईपीओको बाँडफाँड आगामी मंसिर १७ गते हुने

माउन्टेन इनर्जीले सर्वसाधारणको लागी कार्तिक २६ गतेबाट बिक्रीमा ल्याएको आईपीओको बाँडफाँड आगामी बुधबार (मंसिर १७ गते ) हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ। आइपिओको प्रि -अलटेमन्ट आज सकिएकोले आगामी बुधबार आइपीओ बाँडफाँड गर्ने निश्चित दिन तोकिएको जनाएको छ।
कम्पनीको आइपिओमा ७.६१ गुणा धेरै आवेदन परेको छ अर्थात कम्पनीले १८ लाख ३० हजार २६५ कित्ता को लागि मात्र आइपिओ जारी गरेकोमा शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन गरेका छन्।
अनिवार्य १० कित्ताको नितीले १ लाख ८३ हजार जना आवेदकको भाग्य चम्कने निश्चित भएको छ भने बाकि रहेको ४ लाख ९१ हजार जना आवेदक भने रित्तो हुनु पर्ने भएको छ।
कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्कासन गरेको थिय। कम्पनीले ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको थियो। बाकि रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको थियो।
केयर रेटिङ नेपालले कम्पनीको आइपिओ लाई ‘ग्रेड ४’ रेटिङ दिएको छ। ग्रेड ४ रेटिंगको अर्थ औषत भन्दा कमजोर भन्ने हुन्छ।
