नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण भएको छ।

५४औं साधरणसभाबाट नयाँ पदाधिकारी निर्वाचित भएर आएसँगै अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई राजधानीको सोल्टी होटलमा नेतृत्व हस्तान्तरण गरेकी हुन्।

महासंघमा वरिष्ठ उपाक्षका लागि प्रतिस्पर्धा हुने र वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने व्यवस्था छ।

त्यसैअनुसार आइतबार राणाले गोल्छालाई महासंघको अध्यक्ष पद हस्तान्तरण गरेकी हुन्। र गोल्छाले अध्यक्ष पदको शपथ ग्रणह गरेका छन्। उनले शपथ गर्दै निजी क्षेत्रको हक हितका लागि आफ्नो लाग्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष पदको हस्तान्तरणसँगै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पनि शपथ ग्रहण गरेका छन्। शनिबार भएको निर्वाचबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित कार्यसमितिका ६३ जना निर्वाचित भएका छन्।

तीन वर्षपछि ढकाल स्वत महासंघको अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा थिए।

गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी प्रतिस्पर्धा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *