आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

जनकपुरधाम– आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा सर्लाहीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ६ स्थित ससुरालीमा बस्ने ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय हरिपुरबाट खटेको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो।

६ वर्षीया छोरीलाई पटक–पटक करणी गरेको आमाको उजूरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुँवरले बताए।

छोरीले भनेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन्। शनिबार बिहान आमाले निवेदन लेखाइ प्रहरीमा दिएको र आरोपी बुवालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीले पीडित र पीडक दुवैलाई स्वास्थ्य परीक्षणको लागि सर्लाही जिल्ला अस्पतालमा पठाइ स्वास्थ्य परीक्षण गराएको र बुवामाथि जबरजस्ती करणी कसुर अन्तर्गत जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाएको प्रवक्ता कुँवरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *