लिजेण्ड फुटबलर डिएगो म्यारोडोनाको निधन

0
31

काठमाडौं:  लिजेण्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको बताईएको छ । दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here