श्रीमतीको हत्या आरोपमा एक पक्राउ

झापाको दमक-१ का चूडामणि भण्डारीलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
आइतबार साँझ कमल गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ वर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई तत्काल नियन्त्रणमा लिएको बताए।
भण्डारीले आफ्नै श्रीमतीको हत्या गर्नुपर्ने कारण प्रहरीलाई खुलाएका छैनन्। घटनास्थलमा अर्का एक पुरुषले केही सामग्री छोडेर भागेको स्थानीयले बताएका छन्। फरार भएका ती पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ।
