स्टार अस्पताल र ह्याम्स अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रिपोर्ट नेगटिभ आए एक महिना र पोजेटिभ आए तीन महिना भण्डारण गर्नु पर्नेमा सो नगरिएको पाइएको भन्दै स्पष्टीकरण मागेको बताए।

उनले भने, ‘नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने सो अनुसार नगरेको पाइएका स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्यबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *