पारिवारिक हाँस्य टेलिसिनेमा “खै!कुरा बुझेको ? डिस होमको रियालिटी टिभीबाट प्रसारण हुने

वहुप्रतिक्षित सामाजिक पारिवारिक हाँस्य टेलिसिनेमा “खै!कुरा बुझेको ? डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राति ८:३० बजे प्रसारण हुने भएको छ।

संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन तथा विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति हाँस्य पारिवारिक टेलिसिनेमा ” खै कुरा बुझेको ? कलाकारमा शितल केसी ,श्याम राई , युगज्योति क्रियासिल,अस्मिता बस्नेत ,निशा पाख्रिन , सबिता खडका ,सुस्मिता कबिता न्यौपाने ,दिपेश बन्जारा ,सागर गिरि ,सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन दिलीप बिष्ट,सम्पादन सुनिल श्रेष्ठ शिर्ष गीत ज्योति खतिवड़ा र गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ातथा संगीत सुमन कपाली र मेकअप मा बिस्वराम हापु रहेको उक्त टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *