बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *