चर्चित गायिका मेलिना राई र पशुपति भट्टराईको म्यूजिक भिडियो सार्वजनिक

चर्चित गायिका मेलिना राई र पशुपति भट्टराईको स्वर रहेको `ए कान्छा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुर्य नेपालीको शब्द तथा सङ्गीत रहेको छ । मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा चक्र बाम र करिष्मा ढकालले अभिनय गरेका छन् । गीतको एरेन्ज सुनिल परिवारले गरेका हुन् ।

वन डिभी एचडी स्टुडियोले निर्माण गरेको गीत र म्यूजिक भिडियो गायक शिव हमालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा युवा र युवतीबीचको रोमान्टिक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *