थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि,उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिए

काठमाडौं : नेपालमा आइतबार थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय २० पुरुष र १ हजार ५१ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *