काठमाडौं उपत्यकामा थप एक हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये ६ सय २५ महिला र ८ सय ८७ जना पुरुष छन्।