कोरोना भाइरसका थप दुई हजार ७५३ संक्रमित फेला

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ७५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७५३ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ । 

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २०६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५५ हजार ११४ जना डिस्चार्ज भएका छन् । 

आजसम्म १५ लाख २५ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार ११४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ९१ हजार ७३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *